नियम २३
बिमा अभिकर्ताले पाउने कमिशन रकम
(१) कुनै पनि बिमा अभिकर्तालाई बिमितले बुझाउने शुल्क रकममा देहायमा लेखिए भन्दा बढी हुने गरी कमिशन रकम दिइने छैनः–
(क) जीवन बिमाको सम्बन्धमा अनुसूची–११ मा उल्लेख भए बमोजिमको कमिशन रकम ।
(ख) निर्जीवन बिमाको सम्बन्धमा समितिले तोकिदिएबमोजिमको कमिशन रकम ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) मा उल्लेखित कमिशन रकमको अतिरिक्त बिमकले बिमा अभिकर्तालाई इन्सेन्टिभ बोनस समेत दिन सक्नेछ ।